समाज

नातिनीले गरिन् बाजेकाे हत्या

रामेछाप - १३ वर्षीय बालिकाले नाताले बाजे पर्ने एक ६५ वर्षीय वृद्धकाे हत्या गरेकाे स्विकार गरेकी छिन्। रामेछाप जिल्लाकाे रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरको रजगाउँमा विहीबार बालिकाले प्रहरी कार्यालय रामेछाप डाडामा पुगेर अाफुले रड प्रहार गरी हत्या गरेको स्विकार गरेकी हुन्।

विहीबार विहान जंगलमा घाँस काटन जाने क्रममा आफु माथि बृद्धले अभद्र व्यहार (जबरजस्तीको प्रयास) गरेपछि घरमा आइ रड लगेर सोही ठाउमा पुगि बृद्धको टाउकोमा हानेको बालिकाले स्विकार गरेकी जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बालिका अहिले प्रहरीको नियन्त्रणमा रहेको र उनीमाथि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब निरीक्षक अमरेन्द्र बहादुर सिंहले जानकारी दिए।

प्रकाशित: २८ भाद्र २०७५ १५:४१ बिहीबार

हत्या