समाज

जापान पठाइदिने भन्दै कराेडाैं असुल्ने पक्राउ

काठमाडाैं - सरकारी कोटामा जापान पठाइदिन्छु भन्दै कराेडाैं ठगी गर्ने एक व्यक्तिलार्इ प्रहरीले पक्राउ गरेकाे छ। कृषि सम्बन्धि कामका लागि जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको हाे।

दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भनी प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएकाे प्रहरीले जानकारी दिएकाे छ। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई काठमाडौंकाे बसुन्धराबाट पक्राउ गरेको हो । दनुवारलाई थप अनुसन्धानका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ।

सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर ७ घर भइ हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका ९ घर भई हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई प्रहरीले २०७४ माघ ८  र ९ गते पक्राउ गरेको थियो।

प्रकाशित: २५ भाद्र २०७५ १३:३१ सोमबार

ठगी