समाज

लागूऔषध सहित एक पक्राउ

काठमाडौं - महानगरीय प्रहरी परिसर काठमाडौंले ९०० एम्पुल लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई अाइतवार बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले बल्खु इलाकाबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ। रासस

प्रकाशित: २४ भाद्र २०७५ ०८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App