समाज

बाल्टिनमा डुबेर बालकको मृत्यु

भक्तपुर–पानी भरिएको बाल्टिनमा डुबेर आज चाँगुनारायण नगरपालिका–३ झौखेलमा एक बालकको मृत्यु भएको छ।

सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा डेरा गरी बस्ने देवेन्द्र श्रेष्ठका दुई वर्षीय छोरा प्रत्रुश श्रेष्ठको आफ्नै डेराको आँगनमा राखिएको बाल्टिनमा डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

बाल्टिनमा डुबेर बेहोस भएको बालकलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ।रासस

 

प्रकाशित: २० भाद्र २०७५ १३:०६ बुधबार

बालक मृत्यु