समाज

लिमी पर्यटन महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री शाही हुम्ला

हुम्ला – कर्णाली पर्यटन वर्ष २०७५ मनाउने प्रदेश सरकारको अभियान अनुसार आजबाट हुम्लामा लिमी पर्यटन महोत्सव हुँदैछ। महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले गर्ने कार्यक्रम रहेको छ। शाही महोत्सवको उद्घाटनका लागि हुम्ला पुगिसकेका छन्।

भाद्र २० गतेसम्म संचालन हुने महोत्सवमा मुख्यमन्त्री शाहीसँगै सामाजिक बिकास मन्त्री दल रावत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालगायतको सहभागिता रहने छ।

नाम्खा गाउँपालिका ६ मा रहेको लिमी भ्यालीलाई आकर्षण केन्द्रको रुपमा लिइन्छ। उक्त क्षेत्रको प्रचार प्रशारका लागि महोत्सवको आयोजना गरिएको बताइएको छ।

मुख्यमन्त्री सहितको टोलीले हाल्जीमा रहेको गुम्बा र बिभिन्न पर्यटकीय स्थल, लिमी भ्यालीसँग जोडिएको मानसरोवर कैलाशको दर्शन तथा अबलोकन गर्ने कार्यक्रम रहेको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले बताए।

प्रकाशित: १९ भाद्र २०७५ ०५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App