समाज

महेन्द्रनगरमा पुन: कर्फ्यू

कञ्चनपुर - महेन्द्रनगरमा साँझ ८ देखि विहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ। स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउँदै कर्फ्यू आदेश जारी गरेको हो।

निर्मला पन्तको बलात्कार पछि हत्या भएपछि कञ्चनपुरमा स्थानीयले न्याय माग्दै आन्दोलन गरेका थिए। आन्दोलनकै क्रममा सन्नी खानुको प्रहरीको गोली लागि ज्यान गएको थियो।

प्रकाशित: १२ भाद्र २०७५ १३:५७ मंगलबार

महेन्द्रनगर कर्फ्यू