समाज

पौडी खेल्न गएका वृद्धा त्रिशुलीमा बेपत्ता

धादिङ- त्रिशुली नदिमा पौडी खेल्न गएका एक जना बेपत्ता भएका छन्। धादिङको सिद्धलेक गाउँपालिका –६ स्थित त्रिशुली नदिमा पौडी खेल्न गएका नेत्रावती डपजोङ गाउँपालिका –१ मार्पाकका ७० वर्षीय तेजबहादुर अधिकारी बेपत्ता भएका हुन्। आइतबारदेखि हराइरहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

आइतबार जनैपूर्णिमाको दिन मन्दिर जान्छु भनि हिडेका अधिकारी काठमाडौँबाट धादिङको माइक्रोबस चढेर मलेखु झरेका थिए। दिउँसो १ बजेतिर पौडी खेल्न त्रिशुली नदिमा गएको स्थानीयले देखेका थिए। बेलुकासम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खोजी गर्ने क्रममा त्रिशुली नदि किनारामा अधिकारीको कपडा भेटिएको थियो। उनको खोजीका लागि सोमबार दिनभर गजुरी, आदामघाटका प्रहरी, आफन्तजनको टोली खटिएपनि नभेटिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

 

 

 

 

प्रकाशित: १२ भाद्र २०७५ ०६:२५ मंगलबार

पौडी त्रिशुली बेपत्ता