समाज

लागुऔषध सहित पाँच पक्राउ

चितवन- जिल्ला प्रहरी कार्यालय चितवनले लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई प्रहरी बरामद गरिएको लागुऔषध सहित शनिबार सार्वजनिक गरेको छ। 

वडा प्रहरी कार्यालय नारायणगढको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नम्बर ३ को न्युरोडमा साउन २२ गते सवारी चेकजाँच गर्दा ना २४ प ११०० नम्बरको मोटर साईकलमा सवार नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर १ का २४ वर्षिय किरण जिसी  भरतपुर महानगरपालिका वडा नम्बर ३ का बुद्धी गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए। 

उनीहरुको साथबाट १९५ लागुऔषध फेला पारिएको थियो । सोधपुछ गर्ने क्रममा किरणको गैडाकोटमा रहेको घरमा खान तलासी गदा डाईजेपाम ११५ एम्पुल, व्युप्रिनर्फिन ११५ एम्पुल, फेनारगन ११५ एम्पुल, नाईट्राजेपाम १३५० ट्यावलेट, स्पास्मो फिभन प्लस ४८ क्याप्सुल, १०० एमएलका फेन्सिडिल ११ बोतल, १०० एमएलको रिफ सिरप ४ बोतल बरामद गरेको हो।  

सोधपुछका क्रममा  पत्ता लागेका भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरका २१ वर्षिय लालकृष्ण ढकाल, भरतपुर २ क्षेत्रपुरका २६ वर्षिय सलिम मिया र खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेका १९ वर्षिय अमृत आचार्यलाई शनिबार पक्राउ गरेको प्रवक्ता ढकालले जानकारी दिए। 

पक्राउ परेका पाँच जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाईएको उनले बताए।

 

 

प्रकाशित: २६ श्रावण २०७५ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App