समाज

घुमाउने र जलविरेमा पहिरो जाँदा नारायणगढ मुग्लीङ सडकखण्ड बन्द

चितवन – नारायणगढ मुग्लीङ सडकखण्डको घुमाउने र जलविरेमा पहिरो जाँदा सवारीआवागमन बन्द भएको छ।

जलबिरेमा बिहान ५ः५५ मा पहिरो खसेको जिल्ला टाफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। पहिरो हटाएर सवारी सञ्चालन सहज बनाउने प्रयास भइरहेको कार्यालयले जनाएको छ।

घुमाउनेमा खसेको पहिरो पनि हटाउने कार्य थालिएको छ। वर्षात् सुरु भएसँगै घुमाउने र जलविरे क्षेत्र पहिरो पहिरो धेरै झर्ने गरेको छ।

प्रकाशित: २१ श्रावण २०७५ ०१:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App