समाज

पहिराेले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल फाेटाे

चितवन – नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे खसेको पहिरोले सवारी आवागमन बन्द भएको हो। 

पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले पहिरो हटाउन समय लाग्ने बताईएको छ। घुमाउनेमा केही दिनयता ढुंगा खस्न थालेपछि अवस्था हेरेर पालैपालो सवारीसाधन कटाउने गरिएको छ।

पहाड फोरेर विस्तार गरिएको सडकखण्डका केही स्थानमा चट्टानको चरमा पानी छिर्दा पहिरोको समस्या देखिएको छ।

प्रकाशित: १९ श्रावण २०७५ ०२:०९ शनिबार

पहिराेले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध