समाज

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन - नारायणगढ मुग्लिन सडक खण्डको जलविरेमा पहिरो खस्दा सवारी आवागमन बन्द भएको छ । दिउँसाे पाैने ४ बजे खसेको पहिरोका कारण दुई तर्फी सवारी आवागमन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडकखण्डमा पानी परिरहेका कारण पहिरो हटाउने काम सुरु गर्न नसकिएको कार्यालयले जनाएको छ। पानी पर्न रोकिएपछि पहिरो हटाई सवारी आवागमन सहज बनाईने ट्राफिक प्रहरीले बताएकाे छ। ठूलो पहिरो खसेकाले पहिरो हटाउन समय लाग्ने भएकाे छ।

प्रकाशित: ११ श्रावण २०७५ १०:३५ शुक्रबार

नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध