समाज

खोलामा पौडी खेल्दा डुबेका दुई किशाेरीको मृत्यु

चितवन- खैरहनी नगरपालिका वडा नम्बर ३ मा रहेको लदरी खोलामा पौडी खेल्दा डुबेका दुई किशोरीको मृत्यु भएको छ।

सोमबार बिहान खोलामा पौडी खेल्दा डुबेका खैरहनी ३ की १३ वर्षीया करुणा विक र १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। काठमाण्डौं ईमाडोलकी १५ वर्षीया अस्मिता गौतम घाइते भएकी छिन्।

खोलामा डुबेका तीन जनालाई प्रहरीले उद्दार गरेको थियो। करुणाको भरतपुर मेडिकल कलेजमा र रियाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घाइते अस्मिताको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: ७ श्रावण २०७५ १०:४८ सोमबार

खोलामा पौडी खेल्दा डुबेका दुई किशाेरीको मृत्यु