समाज

विद्यार्थी वेहोस भएपछि दुई दिन विद्यालय बन्द

डोल्पा– विद्यालय प्रार्थना हुँदै थियो। ५ कक्षामा पढ्ने २ किशोरी एक्कासी लाइनमै ढले। बरबराउन थाले। दाँत किट्याउँदै छटपटाउन थाले। अन्य विद्यार्थी त्राशले चिच्याउँदै भागाभाग गर्न थाले।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१को त्रिपुरा माद्यमिक विद्यालय काटिँयाचौरका छात्राहरू यसरी बेहोस हुनथालेपछि विद्यालय २ दिनका लागि बन्द गरिएको छ। कक्षा ५ मा अध्यानरत दुई छात्रा बेहोस भएपछि विद्यालयमा पढाई बन्द गरिएको विद्यालयका प्रधानाध्यापक हेमराज हमालले बताए। ‘सबै विद्यार्थी लाईनमा थिए एक्कासी छात्रा बेहोस भएर ढल्न थाले,’ उनले भने, ‘अरु विद्यार्थी पनि त्रशित भएपछि २ दिनका लागि विद्यालय नै बन्द गरेका छौं।’ विद्यालयमा यस्तो घटना विगतमा पनि हुने गरेको थियो।

 बारम्बार यस्तो घटना भएपनि कारण पहिचान हुन सकेको छैन । स्थानीयले भने शव जलाउने तथा घाट क्षेत्रमा विद्यालय बनाएकोले यस्तो समस्या आएको दावी गर्छन्। धामीझाक्री ल्याएर पुरोहितसहित शान्तिपूजा गर्न स्थानीय अभिभावकले आग्रह गरेका छन्। विद्यालय व्यवस्थापन समितिले पनि सोही अनुरुप तयारी थालेको छ।

 

प्रकाशित: ४ श्रावण २०७५ ११:२५ शुक्रबार

विद्यार्थी वेहोस भएपछि दुई विद्यालय