समाज

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान

काठमाडौं– नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान–२०७५ दिइने भएको छ। 

वरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमद्वारा स्थापित उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले प्रदान गर्ने ‘दीप–गोविन्द स्मृति कोष’ अन्तर्गतको गोपाल गोतामे स्मृति सम्मानबाट लुइँटेललाई सम्मान गर्ने निर्णय सोमबार भएको हो। उनलाई नेपाली सिर्जनशील पत्रकारितामा निरन्तर योगदान दिएबापत सम्मान गरिन लागिएको हो। 

‘दीप–गोविन्द स्मृति कोष’बाट लुइँटेलसहित तीन स्रष्टालाई सम्मानित गर्ने निर्णय भएको उपलब्धि सहकारीले जनाएको छ। उसका अनुसार दीप–गोविन्द स्मृति सम्मान–२०७५ बाट वरिष्ठ साहित्यकार कृष्ण गौतमलाई सम्मान गरिनेछ। उनलाई नेपाली साहित्यका विविध रचना एवम् उत्कृष्ट समालोचना लेखनमा निरन्तर योगदान दिएबापत सम्मान गर्न लागिएको हो।

त्यस्तै, ध. च. गोतामे स्मृति सम्मान–२०७५ बाट वरिष्ठ आख्यान धु्रव सापकोटालाई सम्मानित हुनेछन्। नेपाली आख्यानलेखनमा निरन्तर योगदान दिएबापत उनी सम्मानित हुन लागेका हुन्।

सम्मान साउन ७ गते उपलब्धि सहकारीको स्थापना दिवसका दिन आयोजित समारोहमा प्रदान गरिने जनाइएको छ।

प्रकाशित: ३२ असार २०७५ १३:१९ सोमबार

सम्पादक लुइँटेललाई गोपाल गोतामे स्मृति सम्मान