समाज

पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध

गौशाला - बाढीले महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिका सडकखण्डमा पर्ने जंघा नदीको पुलमुनिको माटो बगाउँदा आवागमन अवरुद्ध भएको छ।

दुई नगरपालिकाको मेरुदण्डका रुपमा रहेको जंघा नदीमा आएको बाढीले पुलको पूर्वी किनाराको मुख्य पिलरमुनिबाटै माटो बगाएर लगेपछि गौशालादेखि औरही र औरहीदेखि गौशाला जाने ठूला सवारीसाधन र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको हो।

गत आइतबारदेखि जिल्लामा निरन्तर परेको पानीले जंघा नदीमा ठूलो बाढी आएर पुलमुनिको माटो बगाउँदा गौशाला औरही बाटोमा चार चक्के सवारी र मालबाहक साधनलाई आवागमनमा रोक लगाइएको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताए।

तर सो पुलबाट मोटरसाइकल, साइकल र पैदलयात्रु आवागमनमा कुनै पनि रोक नलगाइएको र सर्वसाधारण निर्वाधरुपमा आवतजावत गरिरहेको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताए ।

दुवै नगरपालिकाका प्रमुखले सो पुलको अवस्थाबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको तर बाढीको बेला तत्कालै केही गर्न नसकिने हुँदा बाढी सकिने बित्तिकै पुलका ठेकेदार, नगरपालिका र सम्बन्धित निकायसँगको सहकार्यमा तुरुन्तै सो पुलको मर्मत गरी आवागमन पुनः सुचारु गराउने बताए।

सो पुलबाट आवागमनमा रोक लगाइएदेखि दर्जनौँ भारी सवारीसाधन र मालबाहक साधन गौशाला र औरही दुवैपट्टि बाटो खुल्ने प्रतिक्षामा बसिरहेका छन्।रासस
 

प्रकाशित: २० असार २०७५ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App