समाज

चार हात, चार खुट्टा भएकाे अनौठो बच्चा जन्मियो

टीकापुर – टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्।

नवजात शिशुको चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालले राति ११ बजेतिर शिशु जन्मिएको बताए। नवजात शिशु जिवितै रहेको अस्पतालले जनाएको छ।

परिवारका अनुसार आमालाई सोमबार दिउसो ३ बजे व्यथा लागेको थियो। उनलाई राति १० बजे मात्रै अस्पताल पु-याईएको थियो। अस्पताल पु-याएको केही समयमा नर्मल डेलिभरी भएको डा. खनालले जानकारी दिए। यो उनको पहिलो सन्तान हो।

प्रकाशित: १९ असार २०७५ ०२:५० मंगलबार

हात खुट्टा भएकाे बच्चा जन्मियो