समाज

अख्तियार दुरुपयोग गम्भीर अपराध : आयुक्त थापा

ताप्लेजुङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डाक्टर सावित्री थापाले अख्तियार दुरुपयोगलाई तल्लो स्तरको अपराध सरहको संज्ञा दिएकी छिन्।

थापाले सञ्चार माध्यममा आएका समाचारका आधारमा आयोगले अख्तियार दुरुपयोगका उजुरी दर्ता गर्ने भएकोले समाचारको निश्पक्षतामा समेत जोड दिएकी छन्। 

आयोगले आइतबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रणमा आयोगको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा आयुक्त थापाले सञ्चार माध्यममा आएका अख्तियार दुरुपयोग सम्बन्धी समाचार आफुहरूका लागि ठूलो हतियार भएको बताइन्।

उनले अख्तियारको  दुरुपयोग ठूलै अपराध भन्दा कम नहुने भएकोले जिम्मेवारी र दायित्वलाई नभुल्न सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सुझाइन्। ‘अख्तियारको दुरुपयोगलाई निरुत्साहित मात्र होईन पूर्ण रुपमा नियन्त्रण नगरेसम्म देश विकास सम्भव छैन’थापाको भनाई थियो।

कार्यक्रममा अख्तियारका सहसचिव हरिप्रसाद जोशीले आयोगको पृष्ठभूमी, संवैधानिक व्यवस्था, सांगठनिक संरचना तथा आयोगले गर्ने प्रबर्द्धनात्मक, निर्देशनात्मक र दण्डात्मक कार्य सहित अनुसन्धान प्रकृया र उजुरी दर्ता तथा फर्स्याैटको पछिल्लो अवस्थाका बिषयमा जानकारी गराएका थिए। 

प्रकाशित: १७ असार २०७५ १३:१२ आइतबार

अख्तियार दुरुपयोग गम्भीर अपराध आयुक्त थापा