समाज

ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

तस्बिर : विजय गजमेर

काठमाडौं – राजधानीकाे टाेखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सिम्रिक एयरकाे हेलिकोप्टर दुर्घटनामा परेको छ।

अस्पतालबाट डाक्टर र नर्स लिएर चितवन जान त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट उडेकाे सिम्रिक एयरको नाइन एन एएलएमआर कलसाइन हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा शनिबार दिउँसाे २ बजेर ५० मिनेटमा चिप्लेर दुर्घटनामा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी माेहन कुमार थापाले बताए।

उनका अनुसार हेलिकाेप्टर डाक्टर र नर्सलार्इ रिसिभ गर्न अस्पताल गएकाे थियाे। उनीहरू नचढ्दै अवतरणका क्रममा हेलिप्याडबाट चिप्लेर तल्लाे तलामा खस्याे। दुर्घटनामा क्याप्टेन हरिराम थापाकाे दाहिने हातमा चाेट लागेकाे छ।

दुर्घटनाबाट हेलिकोप्टरमा क्षति पुगेको डीएसपी थापाले बताए।

प्रकाशित: १६ असार २०७५ ०९:५८ शनिबार

ग्राण्डी अस्पतालमा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना