समाज

नागढुंगाबाट ३ किलो सुनसहित दुई पक्राउ

काठमाडौं – प्रहरीले ३ किलो ६ ग्राम अवैध सुनसहित नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका  प्रमुख एसएसपी विश्वराज पोखरेलले नागढुंगामा गाडी चेक जाँच गर्ने क्रममा युके ०२४६८४ नम्बरको मारुती कारको एयर फिल्टरमा राखेको अवस्थामा सुन बरामद भएको बताए।

उनका अनुसार काठमाडौंबाट महेन्द्रनगर हुँदै भारतका लागि हिँडेको उक्त गाडीका चालक १९ वर्षीय भारतीय नागरिक दीपक कुमार मोर्रे र कञ्चनपुर घर भएका २३ वर्षीय मनोज बिकलाई सुनसहित पक्राउ गरिएको हो। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित: १६ असार २०७५ ०८:५८ शनिबार

नागढुंगाबाट किलो सुनसहित दुई पक्राउ