समाज

एक किलो सुनसहित १ पक्राउ

वीरगन्ज - वीरगन्ज प्रहरीले एक किलो सुन अबैध रुपमा भारततर्फ निकासी गर्न लागेको भन्दै एक जनालाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका १६, इनरूवाबाट विशेष सुचनाको आधारमा खटाइएको एक प्रहरी टोलीले सुनसहित हरिपुर, ९ सर्लाहीका सन्तोष कुमार साहलाई पक्राउ गरेकाे पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।

साहले लुकाई छिपाई भारततर्फ सुन लैजाँदै गरेकोमा उनलाई रोकेर चेक जाँच गर्दा एक किलो सुन बरामद भएको समेत उनले बताए ।  अनुसन्धान जारी रहेकाे ढकालकाे दाबी छ।

प्रकाशित: १५ असार २०७५ ०६:०४ शुक्रबार

किलो सुनसहित पक्राउ