समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ७५०९ नंको बसले को९प ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृतकको पहिचान हुन सकेको छैन ।

सोही मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका–४ निवासी १५ वर्षीय उमेश खड्का र अमर लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको उक्त कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताए। दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ। रासस

प्रकाशित: १२ असार २०७५ ०७:१४ मंगलबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु