समाज

अंशबण्डा विवादमा भाईको हत्या

रुकुम पश्चिम– आफ्नै भाइकाे हत्या गरी रूकुममा एक जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। आठबीसकोट नगरपालिका ठूली बार्खुका रुद्रे पुन मगरले भाइ जोखबहादुर भन्ने इन्द्रे पुन मगरलाई हत्या गरेको भन्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्।

प्रहरी निरीक्षक ऋषि ढुंगानाका अनुसार उनीहरु दुवैजना अंशबण्डाको कामका लागि सदरमुकाम खलंगा आएका थिए। घर फर्कने क्रममा बाँफिकोट गाउँपालिका–६, मग्मामा दाउरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। उनीहरुबीच अंशबण्डा सम्बन्धि विवाद थियो। यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: ७ असार २०७५ १२:२१ बिहीबार

अंशबण्डा विवादमा भाईको हत्या