समाज

खोलाले बगाएर एक युवक बेपत्ता

ताप्लेजुङ – वल्र्डकप हेरेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट हाङदेवा तर्फ र्फकदै गरेका एक युवकलाई गएराति हाङदेवा खोलाले बगाएर बेपत्ता बनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखामा कार्यरत असई पीताम्बर अधिकारीका अनुसार खोलाले बगाएर बेपत्ता हुनेमा ईलाम जिल्ला घर भई हाल ताप्लेजुङको हाङ्देवामा रहेको पाथीभरा वर्कसपमा कार्यरत २६ वर्षीया समन राई रहेका छन्। उनको अवस्था अहिलसम्म पत्ता लागेको छैन। उनी वल्र्डकप हेरेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट रातिको समयमा बाइकमा फर्किएका थिए।

घटनाको अनुसन्धानका लागि प्रहरी निरिक्षक लक्ष्मण थापा मगरको नेतृत्वमा टोली परिचालन भएको प्रहरीले जनाएको छ। गएराति ताप्लेजुङमा ठूलो पानी परेको थियो।

ठुलो पानी परेसँगै मेची राजमार्ग अन्र्तगत फुङ्लिङ–सुकेटार खण्डको उकाली पानी क्षेत्रम पहिरो गएको र ठाउँठाउँमा सडक अबरुद्ध बनेपछि पाथीभरा मन्दिर जाने तीर्थालु मार्कामा परेका छन्।

प्रकाशित: १ असार २०७५ ०१:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App