समाज

प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण

सिन्धुपाल्चोक- भूकम्पमा भत्किएको सिन्धुपाल्चोकको बाह्रबिसेस्थित प्राथमिक स्वस्थ केन्द्रको पुनर्निर्माण सम्पन्न भई स्थानीयलाई हस्तान्तरण गरिएको छ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा पुनर्निर्मित उक्त स्वस्थ केन्द्रको आज एक औपचारिक कार्यक्रमबीच अमेरिकी राजदूत अलेना बि टेप्लेजÞ, स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संयुक्त रुपमा हस्तान्तरण गरे ।

कार्यक्रममा राजदूत टेप्लेजले स्वास्थ केन्द्रको पुनर्निर्माणले समुदायका मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउँदै खुसी व्यक्त गर्दै यस्तो कार्यको सुरुवात मात्रै भएको र भूकम्पमा परेका अन्य भवनको पनि मर्मत कार्य जारी रहने जानकारी दिइन् । अन्य छ ओटा स्वस्थ संरचनाको पुनर्निर्माणको काम थालिने पनि रादूत टेप्लेजले बताइन् ।

येसैगरी स्वस्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले ७ दशकदेखि अमेरिकी सरकारले युएसएडमार्फत नेपालको आधारभूत विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उक्त नयाँ भवनले यस क्षेत्रका जनताको स्वास्थ उपचारमा महत्वपूर्ण योगदान पु¥याउने बताए । मन्त्री यादवले यस कार्यलाई नेपाली जनताले दुई देशबीचको मित्रताका रुपमा स्वस्थ केन्द्रलाई सम्झिरहने पनि बताए ।

प्रकाशित: ३१ जेष्ठ २०७५ ०२:३६ बिहीबार

प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण