समाज

यार्सागुम्बा सहित चार जना पक्राउ

रसुवा – चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुुवागढीबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ थुमनका ३१ वर्षीया इमान घले, २६ वर्षीया सुर्य बहादुर घले, २९ वर्षीया जिल बहादुर घले र नौकुण्ड गाउँपालिका–२ का १९ वर्षीया मंगले तामाङ रहेका छन्।

रसुवागढी नाका हुँदै उनीहरुले अवैध रुपमा आठ सय १० ग्राम यार्सागुम्बा चीनको केरुङ लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए। चीनको केरुङ तर्फ जाँदै गरेको ना ६ ख ४७८५ नम्बरको कन्टेनरमा यार्सागुम्बा रहेको सुराकीको आधारमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:५८ सोमबार

यार्सागुम्बा सहित जना पक्राउ