समाज

आज विश्व महिनावारी दिवस मनाइँदै

 काठमाडाैं- विश्व महिनावारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी अाज मनाइँदैछ। महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि प्रत्येक वर्ष जेठ १४ गते यो दिवस मनाउने गरिएको छ। 

महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुविधा र यससम्बन्धी गलत धारणा हटाउने लक्ष्यका साथ याे दिवस मनाउने गरिन्छ।

सन् २०१४ मा संयुक्त राष्ट्र संघले 'लैंगिक समानता हासिल गर्न महिनावारी बार्ने कारण एक बाधक हो' भनेर घोषणा गरेपछि यस विषयले थाेरै भएपनि  ठाउँ पाएको हाे।

सन् १९७९ देखि महिलाविरुद्ध हुने सबैखाले भेदभावविरुद्धको महासन्धी घोषणा गरी संसारभरि नै महिला अधिकार र शसक्तीकरणका क्षेत्रमा उल्लेखनीय काम भएपनि महिनावारीले  स्थान पाएकाे थिएन।

विकसित मुलुकका महिलाले अविकसित मुलुकमा घुम्ने वा कामको सन्दर्भमा महिनावारीकाे समयमा त्यहाँका महिलाहरुको स्थिति भयावह देखेपश्चात् त्याे यर्थातबारे वकालत गर्न थालेपछि मात्र यो महिनावारी विस्तारै छलफलको विषय बन्न थाल्यो। सरसफाई वा चर्पी, पानी, स्यानिटरी सामग्रीलगायतका विषय अभियान नै बन्यो।

प्रकाशित: १४ जेष्ठ २०७५ ०३:५२ सोमबार

विश्व महिनावारी दिवस मनाइँदै