समाज

पर्वतमा बस दुर्घटना हुँदा १६ घाइते

दुर्घटनाग्रस्त बस । तस्बिर : जिल्ला प्रहरी कार्यालय पर्वत

पर्वत – पर्वतमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार पोखरा–कुश्मा सडक अन्तर्गत कुश्मा नगरपालिका वडा नम्बर ८ दोबिल्लामा ना ३ ख ७७४० नम्बरको बस खस्दा १६ यात्रु घाइते भएका हुन। 

प्रहरीका अनुसार अर्को बसलाई ओभरट्याक गर्ने क्रममा बस सडकबाट २० मिटर तल खसेको हो। १४ जना घाइतेहरूको पर्वत अस्पताल र दुई जनाको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गरिएको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए। 

घिमिरेका अनुसार पर्वत अस्पतालमा उपचार गराएका १४ जना नै डिस्चार्ज भइसकेका छन्। घटनापछि बसका चालक फरार रहेका छन्। प्रहरीले चालकको खोजी गरिरहेको र घटनाको अनुसन्धान गरेको जनाएको छ। 

घटनामा परी घाइते भएका बागलुङ नगरपालिका १२ का ५७ वर्षीय सन्तु हमाल र बागलुङ नगरपालिका १३ का ५६ वर्षीया उमादेवी रेग्मीलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा लगिएको हो। त्यस्तै घटनामा परी घाइते भएका कुश्मा–४ का १८ वर्षीय दिलिपकुमार यादव, जैमिनि नगरपालिका–७ का ५० वर्षीया टिकादेवी केसी, वडा नम्बर १ का ३० वर्षीय दलबहादुर थापा जैमिनी–७ का २५ वर्षीया रिता राना, २८ वर्षीया जालिका राना, सुर्खेतको दुर्गाकोट गाउँपालिकाका ७५ बर्षिय हरिकला श्रीसको पर्वत अस्पतालमा उपचारपछि डिचार्ज गरिएको छ। 

त्यसैगरी घाइते कुश्मा नगरपालिका वडा नम्बर १० का ४२ वर्षीया लक्ष्मी पौडेल, बाग्लुङ्ग नगरपालिका ४ का ६६ वर्षीया दिपा थापा, तनहुँ म्याग्दे गाउँपालिका–४ का ३० वर्षीय मदन थापा, कुश्मा नगरपालिका ५ का २३ वर्षीय कल्पना सुनार, वडा नम्बर ६ का ६ वर्षीया कृति सुनार, बाग्लुङ्ग नगरपालिका वडा नम्बर २ का ६७ वर्षीय शेरबहादुर कुँवर, कुश्मा–१० का ४४ वर्षीया पार्वती उपाध्याय, बागलुङ जैमिनि–१ का ३० वर्षीय दोण खड्का पनि पर्वत अस्पतालमा उपचारपछि घर फर्केको घिमिरेले जानकारी दिए। 

प्रकाशित: २८ वैशाख २०७५ १५:११ शुक्रबार

पर्वतमा बस दुर्घटना हुँदा १६ घाइते