समाज

माेटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

गए राति ११ बजे बा३च १६५४ नंको जीप र बा४०प ५७७५ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा घर भई हाल माछापोखरी बस्ने २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो। मोटरसाइकल पछाडि रहेका अर्जुन बोहोरा भने घाइते भएका छन्। 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले दुर्घटनाबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिए। घाइते बोहोराको सोही अस्पतालमा उपचार भइरहेको छ। जीप चालकलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ। 

प्रकाशित: २३ वैशाख २०७५ ०४:२० आइतबार

माेटरसाइकल दुर्घटनामा युवकको मृत्यु