समाज

जलेश्वर–जनकपुर सडक वर्षाले अवरुद्ध

गौशाला- भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

जिल्लाकै प्रमुख सडकखण्डको रुपमा रहेको जलेश्वर जनकपुर सडकमा फोरलेन सडक निर्माण सहितको स्तरोन्नतिको काम भइरहेको बेला आज बिहान भारी वर्षाका कारण सो बाटो अवरुद्ध भएको छ।जनकपुरदेखि जलेश्वर र भिठ्ठामोडसम्म पूरै बाटोभरि नै माटै माटो रहेको बेला पानी परेपछि गाडी फस्ने भएर आज बिहानैदेखि बाटो अवरुद्ध भएको हो।

बाटोभरि पानीले गर्दा हिलैहिलो भएकोले कुनै पनि बस, जिप लगायतका चारपाङ्ग्रे तथा मोटरसाइकल समेत नचलेको अवस्था रहेको छ ।अब बाटोको पानी र हिलो सुखेपछि मात्रै बाटो सुचारु हुने छ।रासस

प्रकाशित: २० वैशाख २०७५ ०६:३७ बिहीबार

जलेश्वर–जनकपुर सडक वर्षाले अवरुद्ध