समाज

दुर्घटनामा एकको मृत्यु

लहान– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

सिँचाइ व्यवस्थापन निर्देशनालय चितवनको बा१झ ५२६१ टोयटा गाडीको ठक्करबाट गएराति लहान नगरपालिका–१ सिंग्राही निवासी ५५ वर्षीय बिन्दीलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ।

पडरिया चोकदेखि पश्चिममा सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लहान अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।    (रासस)

प्रकाशित: १५ वैशाख २०७५ ०६:१५ शनिबार

दुर्घटनामा एकको मृत्यु