होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले ५२ जनालाई नियन्त्रणमा लिएको छ । यस्तै १ सय २२ मोटरसाइकललाई कारबाहीमा समेत गरेको छ ।
होलीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने होहल्ला गर्ने, इच्छा विपरीत रङ्ग चल्ने, स्टन्ट देखाउने, मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने , उत्तेजना देखाउनेलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए ।
सबै भन्दा बढी चन्द्रौटा, तौलिहवा र पिपरामा मानिस र मोटरसाइकल कारबाहीमा परेको उनले बताए । नियन्त्रणमा लिइएका व्यक्ति र सवारी साधनलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको उनले बताए । सम्भावित घटना र दुर्घटना रोक्न नै प्रहरीले होलीमा यो अभियान चलाएको बताए ।
होली आउन १५ दिन देखि नै आफूहरूले मादक पदार्थ सेवन गरी सवारी नचाउन, २ जना भन्दा बढी नराख्न सूचना जारी गरेको उनले बताए । अटेर गर्नेलाई कारबाही गरिएको उनले बताए । होलीका अवसरमा जिल्लामा अप्रिय घटना भने नभएको प्रहरी उपरीक्षक निरंजनदत्त भट्टले बताए । नियन्त्रण लिइएका व्यक्तिलाई कसुरको मात्र हेरी कारबाही गरिने उनले बताए ।
प्रकाशित: १ चैत्र २०८१ १८:१८ शुक्रबार