समाज

अवैध नेटवर्क व्यवसायको नाममा ठगी गर्ने ७ पक्राउ

काठमाडौं- अनलाईन ब्यबसाय तथा बिभिन्न माध्यमबाट सर्वसाधरणलाई सदस्य बनाउने भन्दै नेटवर्क व्यवसायको नाममा ठगी गरेको आरोपमा प्रहरीले केही व्याक्तिहरुलाई पक्राउ गरेको छ। आइवोस गोल्वल मार्केटिङको नाममा नामबाट गैरकानुनी तवरले सदस्यता बापत ठूलो रकम लिई नेटवर्कमा आवद्ध गराई पिरामिड संरचनामा सदस्यहरुलाई ठगी गरेको कसुरमा पक्राउ परेका ७ जना उपर माथि ठगी कानुन बमोजिम प्रहरीले अनुसन्धान कारवाही अगाडि बढाएको जनाएको छ।

कारबाही अगाडि बढाइएका व्यक्तिहरुमा उक्त कम्पनीका संचालक काठमाडौं धुम्बाराही बस्ने काभ्रे पाँचखाल–१५ का ३५ वर्षीय राजकुमार दंगाल तथा सदस्य बनाउनेहरु भक्तपुर बस्ने दोलखा लामीडाँडा–५ का ४३ वर्षीय नारायण सिवाकोटी, जोरपाटी बस्ने रामेछाप प्रिती–९ बखालीका २५ वर्षीय भक्तबहादुर नेपाली, जोरपाटी बस्ने रामेछाप प्रिती–९ उमाकुण्डका २५ वर्षीय रविन नेपाली, चावहिल बस्ने सोलुखूम्बुका २० वर्षीय प्रदीप राई, ललितपुर नखिपोट बस्ने रामेछाप प्रिती–४ का २७ वर्षीय तिर्सना सुनुवार र चावहिल बस्ने रामेछापका २५ वर्षीय पूर्णबहादुर श्रेष्ठ रहेका छन्।

नेटवर्कबाट उक्त कार्य भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ चुच्चेपाटीस्थित उक्त कम्पनीको केन्द्रीय कार्यालयबाट ६६ जनालाई मंगलबार नियन्त्रणमा लिएकोमा प्रारम्भिक छानविन पश्चात ७ जना सक्रिय ब्यक्तिहरू उपर ठगी कानुन बमोजिम अनुसन्धान कारवाही अगाडि बढाइएको व्यूरोले जनाएको छ ।

 

प्रकाशित: ५ वैशाख २०७५ १३:५५ बुधबार

अवैध नेटवर्क व्यवसायको नाममा ठगी गर्ने पक्राउ