समाज

फर्निचर उद्योगमा आगलागी (भिडियो)

ललितपुर- ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित उग्रचण्डी फर्निचर उद्योगमा आगलागी भएको छ। सजन ताम्राकारको उक्त उद्योगमा करेन्ट सटभई आगलागी भएको प्रहरीले जनाएको छ। फर्निचरका बिभिन्न सरसामान जलेर करीव १७ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल  क्षति भएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयबासी र ४ वटा दमकल समेतको सहयोगमा उक्त आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित: ५ वैशाख २०७५ १३:३४ बुधबार

फर्निचर उद्योगमा आगलागी भिडियो