राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा दोस्रो दिनको थुनछेक बहस जारी छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनको बहस चलिरहेको छ ।
अहिले जाहेरवाला पक्षले बहस गरिरहेका छन्। जाहेरवाला पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्ने छन्।
उनीहरूको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट बहस हुने छ। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।
प्रकाशित: ११ माघ २०८१ १२:२६ शुक्रबार