समाज

बराहक्षेत्रको जंगलमा कार दुर्घटना: न्यायाधीशसहित दुई घाइते

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहाको जंगलमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी र कृष्ण खनाल घाइते भएका छन्।

प्रहरीका अनुसार न्यायाधीश रेग्मी चढेको बीएबी ७१४६ नम्बरको कार मदन भण्डारी राजमार्गअन्तर्गत नडाह खण्डमा साँझ ५ बजेर १० मिनेटको समयमा दुर्घटनामा परेको हो। कार काठमाडौंबाट विराटनगरतर्फ जाँदै थियो।

दुर्घटनामा ५४ वर्षीय न्यायाधीश रेग्मी र मोरङ विराटनगर उपमहानगरपालिका-४ बस्ने ६५ वर्षीय कृष्ण खनाल घाइते भएको प्रहरीले जनाएको छ। दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सुनसरी प्रहरीका अनुसार न्यायाधीश रेग्मीको कान, खुट्टा र हातमा चोट लागेको छ। भने कृष्णको मुख र हातमा चोट लागेको छ।

प्रहरीले तीव्र गतिका कारण कारको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ। कार चालक ५४ वर्षिय कृष्णमान खोटेजालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १ माघ २०८१ २१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App