कालिकोटबाट सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। महावै गाउँपालिका-४ की २३ वर्षीया लालसोभा सिंह थापाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
महावै गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रमा उपचाररत लालसोभालाई थप उपचारका लागि शुक्रबार सुर्खेत चिकित्सकले सुर्खेत लैजान रेफर गरेका थिए। उनको गर्भावस्था सामान्य नभएको र बच्चा जन्माउन सम्भव नहुँदा रेफर गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ।
थापालाई थप उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको हो।
प्रकाशित: २६ पुस २०८१ १६:४१ शुक्रबार