देशका अधिकांश स्थानमा आज बिहान मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराई, खोच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागकाअनुसार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना छ।
प्रकाशित: ५ पुस २०८१ ०८:५८ शुक्रबार