समाज

सरकारी सञ्चारमाध्यमलाई प्रतिस्पर्धी बनाइन्छ : सञ्चारमन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमैत्री पृथ्बी सुब्बा गुरूङले सरकारी सञ्चारमाध्यमलाई सबल र प्रतिस्पर्धी बनाइने बताएका छन।

 सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालद्वारा बुधबार पोखरामा आयोजित ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्र्रियामा उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण पहुँचलाई आगामी वर्षभित्र देशका हेरक घरधुरीमा पुर्‍याइने बताए।

“सार्वजनिक सेवा प्रसारणअन्तर्गत आएको रेडियो नेपाल र नेपाल टेलिभजनलाई सेवामूलकसँगै प्रतिस्पर्धी सञ्चारमाध्यमका रूपमा विकास गर्छौं”,मन्त्री गुरूङले भने,“गोरखापत्र र राससलाई पनि सोही प्रारूपमा सञ्चालन गर्नु आवश्यक छ।” रासस र गोरखापत्रले समेत विभिन्न राष्ट्र भाषामा सञ्चार सामग्री उत्पादन र सम्प्रेषण गर्दै आएको उल्लेख गर्दै मन्त्री गुरूङले आमसञ्चारका माध्यम समावेशी चरित्रको हुनुपर्ने धारणा राखे।

रेडियो नेपालबाट २५ भाषामा समाचार तथा कार्यक्रम उत्पादन र प्रसारण हुँदै आएकामा निकट भविष्यमा थप राष्ट्र भाषाको समाचार प्रसारणको तयारी भइरहेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरूङले जानकारी दिए। राज्यद्वारा सञ्चालित चारवटै सञ्चारमाध्यमको पुनःसंरचना र पुनःव्यवस्थापनको काम सुरू गरिएको उनले बताए।उनले सञ्चारसँग सम्बन्धित ऐन, कानुन धेरै पुराना भएकाले आगामी वर्षभित्र परिमार्जन सबै सञ्चार कानुनलाई समायनुकूल परिमार्जन गरिने बताए।

मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्चालको व्यवस्थापन तथा नियमनका लागि कानुन निर्माणको प्रक्रिया अगाडि बढेको बताए। मन्त्री गुरूङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाहरूलाई गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्ने बताए।सार्वजनिक सेवा प्रसारण संस्थाको सुदृढीकरणका लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने उनले बताए।

प्रकाशित: १२ मंसिर २०८१ २०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App