समाज

सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा,जायज माग सम्बोधन गर्ने प्रतिवद्धता

<br>

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष ओमप्रसाद दाहालले सिटिइभिटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन्।

सोमवार पदभार ग्रहण गर्दै उनले सो घोषणा गरेका हुन। उनले आजबाटै तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबैले सिटिइभिटीका श्रीवृद्धिमा लाग्न आग्रह गरे।

उपाध्यक्ष दाहालले सुशासनलाई मूल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए। उनले सबै सरोकारवाला पक्षसँग बसेर सिटिइभिटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू खोजी त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकता औँल्याए।

देशभरका आम युवाहरूमा प्राविधिक शिक्षाको पहुँच पुर्‍याउन सात वटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अपरेसन  क्याम्पियन गर्नुपर्ने धारणा राखे।सिटिइभिटी प्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्ने आश्वासन दिए। 

प्रकाशित: १० मंसिर २०८१ १८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App