समाज

हल्लानगरबाट बाघको छाला सहित मानिस पक्राउ

.

कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरमा बाघको छालासहित एकजना व्यक्ति पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर बाहिर बरण्डामा बसिरहेका बुटवल उपमहानगरपालिका–५, गोलपार्क बस्ने ४१ वर्षीय विष्णुप्रसाद भट्टराईलाई बाघको छालासहित प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार भट्टराईको साथबाट फेला परेको सेतो प्लास्टिकको बोराभित्र बाघको छाला लुकाइएको अवस्थामा बरामद गरिएको थियो।

छाला टाउकोदेखि पुच्छरसम्म ६ फिट लामो, पुच्छर मात्र २ फिट २ इन्च लम्बाइको रहेको र छालामा चारवटा दाँत, चारै खुट्टाको नङसहितका पंजा, तथा गोली लागेको जस्तो देखिने तीन साना प्वाल भेटिएको उनले बताए।

बरामद छाला र लु ५८ प ९७५५ नम्बरको मोटरसाइकललाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, चन्द्रौटा, कपिलवस्तु पठाइएको अधिकारीले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०८१ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App