समाज

दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

आइतबार न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइपछि प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश जारी गरेको हो।

इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ।

प्रसाईंका छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए।

यही मंसिर ४ गते प्रसाईंलाई सीआईबी टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो। अहिले उनी प्रहरी हिरासतमा छन्। 

प्रकाशित: ९ मंसिर २०८१ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App