समाज

स्वर्णलक्ष्मी सहकारी ठगी: काठमाडौंमा छविको बयान सुरु

फाइल तस्बिर

काठमाडौँ स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) छविलाल बन्जाडे जोशीको बयान सुरु भएको छ।

गोरखा मिडिया प्रालिमा जिबि राई र रवि लामिछानेका पूर्व साझेदार रहेका डिआइजी जोशीलाई काठमाडौँ प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेका छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका जोशीमाथि काठमाडौँको स्वर्णलक्ष्मीमा पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि प्रहरीले काठमाडौँ झिकाएको थियो।

यसअघि जिबि राईकै मुख्य सहयोगी रहेका कुमार रम्तेलको पनि काठमाडौंमा ल्याएर बयान लिइसकेको छ। कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रविविरुद्ध पनि काठमाडौंमा पक्राउ पुर्जी जारी भइसकेको छ।

छवि पछि रविलाई पनि काठमाडौँ झिकाएर बयान लिने काठमाडौँ जिल्ला प्रहरी परिसरको तयारी छ।

प्रकाशित: ६ मंसिर २०८१ १४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App