समाज

कार्तिक पूर्णिमामा रामघाट मेलाको धुम, १० हजार श्रद्धालुले गरे स्नान

कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार वाणगंगा नदी अन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको छ। वाणंगगा नदीको रामाघाटमा १० हजार बढी श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन्।

रामघाट मेला जिल्लाकै सबैभन्दा पुरानो मेला हो। रामघाट मेला व्यवस्थापन समिति अनुसार यस वर्ष गत वर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्यामा बढेको छ। कार्तिक शुक्ल पूर्णिमाका दिन जिल्लाको वाणगंगा नदीका विभिन्न स्थानमा परम्परागत मेला लागेको छ।

वाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा, सन्तघाट, सिताघाटमा शुक्रबार लागेको मेला भर्न ठूलो संख्यामा श्रद्धालुहरु आएका छन्।

प्राचीन भागिरथी र अहिले वाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व स्थान रहेको श्रद्धालु भक्तजनहरु बताउछन्।

रामघाटमा भारतको शोहरतगढ, तुुल्सीपुर, शोहरतगढ, अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाची लगायतका स्थानका मानिस समेत आउने गर्छन्।

मेलाका लागि बिहीबार रातिदेखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए। भक्तजनहरुले रात भरी जाग्रम बसी भजन किर्तन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका छन्।

यस दिन नदीमा स्नान गरी पुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ।

त्रेतायगुगमा भगवना राम बनवास जाने क्रममा प्यास लागे पछि अर्जुनले वाण हानेर पानी निकालेका थिए। रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाखाहरु बताउँछन्।

गौदान पुजा गराउन यशोधरा गाउँपालिकाको भडेहरबाट आएका बयोवृद्ध पुजारी राम गिरीले भगवान रामको वाणद्वारा उत्पत्ति भएको वाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताए।

कार्तिक पूर्णिमाको अवसरमा कपिलवसतुको १० मध्ये ७ पालिकाले स्थानीय बिदा समेत दिएका छन्।

प्रकाशित: ३० कार्तिक २०८१ ११:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App