झापाको दमकमा श्रीमतीमाथि हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
दमक नगरपालिका वडा न.९ का ७१ वर्षीय राजेन्द्र शाहले श्रीमती ५९ वर्षीया दिलमाया ठकुरीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जानकारी दिएको छ।
मादक पदार्थ सेवन गरी श्रीमतीको दुबै खुट्टामा हतियार प्रहार गरेर घाइते बनाएपछि स्थानीयले उद्धार गरेर दिलमायालाई उपचारका लागि निम्स अस्पताल दमक पठाएको पाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
धारिलो हतियार प्रहार गर्ने श्रीमान् राजेन्द्रलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले जानकारी दिएका छन्।
प्रकाशित: १८ कार्तिक २०८१ ०७:५३ आइतबार