समाज

फोनिजको अध्यक्षमा गुरुङ निर्वाचित

काठमाडौं- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा डण्ड गुरुङ निर्वाचित भएका छन्। शनिबार सम्पन्न फोनिजको छैटौं संघीय महाधिवेशनबाट गजुरधन राई वरिष्ठ उपाध्यक्ष,  लक्की चौधरी उपाध्यक्ष,  देविका घर्तीमगर उपाध्यक्ष (महिला), मनोज घर्तीमगर महासचिव, मिलन लिम्बु सचिव (संगठन) , जगत दोङ सचिव (संस्थागत) , कमन देवान सचिव (अल्पसंख्यक) , अमरध्वज लामा कोषाध्यक्ष , अञ्जना शिल्पकार सह–कोषाध्यक्षमा निर्वाचित भएकाछन्।

 यस्तै दिपीन राई प्रादेशिक ईन्चार्ज, प्रदेश १,  निरज पिठाकोटे प्रादेशिक ईन्चार्ज, प्रदेश २,  समिर बलामी प्रादेशिक ईन्चार्ज, प्रदेश ३,  हुमबहदुर गुरुङ प्रादेशिक ईन्चार्ज, प्रदेश ४,  देव पचभैया प्रादेशिक ईन्चार्ज, प्रदेश ५,  अशोक राजी प्रादेशिक ईन्चार्ज, कर्णली प्रदेश ६ र  रामचन्द्र कुश्मी प्रादेशिक ईन्चार्ज, प्रदेश ७ मा निर्वाचित भएको महासचिव मनोज घर्तिमगरले जानकारी दिए।

 

प्रकाशित: २५ चैत्र २०७४ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App