समाज

प्यालेष्टाइनी जनतामाथि क्रूर आतंक भएको भन्दै विरोध

भक्तपुरको मध्यपुर थिमिमा शनिबार भएको एउटा साहित्य सम्मेलनमा इजरायलले प्यालेष्टाइनी जनतामाथि अमानवीय क्रूर प्रहार गरेको भन्दै विरोध जनाइएको छ।

मध्यपुर थिमिको बोडेमा भएको २६ औ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको क्रममा नेपालीहरूले त्यहाँ गएर सहयोग गर्न नसकिए पनि एकताबद्ध भएर विरोध गर्नुपर्ने जिकिर गरेका थिए । 

कार्यक्रमको क्रममा विभिन्न साहित्कारहरुले साहित्य वाचन गरेका थिए। नेपाली, नेपाल भाषा, तामाङ लगायतका विविध भाषामा साहित्य वाचन गरिएको थियो। साथै गीत सङ्गीत पनि प्रस्तुत गरिएको थियो। साथै नृत्य पनि देखाइएको थियो। साथसाथै विभिन्न वक्ताहरूले मन्तव्य पनि व्यक्त गरेका थिए। यी सबै विषय वस्तुहरूमा विभिन्न ढंगले अमानवीय आतंक तुरुन्त बन्द गर्न चेतावनी दिइएको थियो।

कार्यक्रमको क्रममा दुई वटा पुस्तकहरूको पनि विमोचन गरिएको थियो। प्रेम के निडरद्धारा लिखित नेपाल भाषाको लघु कथा सङ्ग्रह न्हुपिं जुजुपिं (नयाँ राजाहरू) र विविध भाषा साहित्यिक समाजको व्ना पौको विमोचन गरिएको थियो। सङ्घीय सांसद प्रेम सुवालले दुवै पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा स्थानीय दाफा भजन गुरु कृष्णभक्त होनालाई पनि दोसल्ला ओढाई, प्रमाण पत्रसहित सांसद सुवालले नै सम्मान गरेका थिए। 

यसअघि विहान भिन्तुना रयाली निकालिएको थियो। मध्यपुर थिमिकै नगदेश न्यागाः टोलबाट रयाली सुरु भएको थियो। रयाली नगरको विभिन्न भागहरूको परिक्रमा गरी बोडेमा पुगेर समापन भएको थियो। त्यस समापन स्थलमै कार्यक्रम भएको हो। कार्यक्रमको क्रममा राति सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ। 

मध्यपुर थिमिका विभिन्न टोलहरूमा आयोजना हुँदै आएको विविध भाषाको २६ औँ शृङ्खला मध्यपुर थिमि नगरपालिका वडा नं ८ स्थित बोडेको लाय्कु त्वाःमा आयोजनामा भएको थियो। विविध भाषा साहित्य सम्मेलनले भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ उदघोषका साथ प्रत्येक वर्ष नयाँ वर्ष नेपाल सम्वतको दिन कार्यक्रम गर्दै आएको आयोजक समितिका अध्यक्ष दिलकृष्ण बाटाले बताए।

प्रकाशित: १७ कार्तिक २०८१ १७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App