संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति प्रत्येक समाजको प्राण तत्व भएको बताएका छन्।
शनिवार भक्तपुरमा नेपाल संवत् ११४५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। प्राण तत्व मजबुत भएपछि मात्रै बाहिरी स्वरूप मजबुत हुने उल्लेख गरे। उनले नेपालीहरूको विविधतापूर्ण संस्कृति र प्रकृति नेपालको समृद्धि, पुँजी भएको धारणा राखे ।
उनले नेपालमा १३१ वटा भाषाले बोकेको दर्शन, साहित्य, ज्ञान र यसलाई एकीकृत ढंगले जोगाउन जरुरी रहेको बताए। उनले सबै भाषा, संस्कृतिलाई प्रवद्र्धन र संरक्षण गर्न सरकार तत्पर रहेको बताए।
मन्त्री पाण्डेले आगामी दिनमा राष्ट्रिय विभूति शंखधर शाख्वाले बोक्नुभएको दर्शनलाई अघि बढाउन एकजुट भएर लाग्नुपर्ने बताए।
प्रकाशित: १७ कार्तिक २०८१ १४:४९ शनिबार