समाज

एक महिना हुँदा पनि क्षतिको यकिन विवरण आएन, राहत वितरण प्रभावित

फाइल तस्बिर

असोजको ११ र १२ गते आएको बाढीले पुर्याएको क्षतिको पुर्ण बिवरण एक महिना पूरा हुँदासमेत आउन सकेको छैन। मुख्य गरेर कृषि, पशुपालन, खानेपानी र सिंचाई आयोजनामा भएको क्षतिको विवरणसंकलन हुन नसकेको हो।  

जिल्ला बिपद् व्यवस्थापन समितिमा तथ्याङक संकलन नहुँदा राहतका कार्यक्रम प्रभावित भएको छ।  समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले ४ निकायको तथ्याङक संकलन सुस्त भएकाले काम प्रभावकारी हुन नसकेको बताउँदै तत्काल अघि बढ्न निर्देशन दिए।  

हरेक स्थानीय तहमा कृषिसहितका निकायमा काम गर्न छुट्टै शाखा छन् तर बिपदको समयमा काम गर्न नसकेको भन्दै उनीहरुको आलोचना भइरहेका छ।  

कृषि ज्ञान केन्द्रले प्ररम्भिक तथ्याङक संकलन गरेको भएपनि त्यो पुर्ण हैन। मुख्य बालीको विवरण कृषि ज्ञान केन्द्र पाँचथरले तयार पारेको छ । ज्ञान केन्द्रले तयार पारेको विवरण र घटनास्थलको विवरण भने फरक रहेको स्थानीय बताउँछन्।  

केन्द्रले तयार पारेको तथ्याङमा जिल्लामा असोजको ११ र १२ को बाढीपहिरोमा ११ करोड ३७ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ। क्षतिमध्ये पहाडी क्षेत्रको मुख्य नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति भएको छ। अलैँचीमा मात्रै ९ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ। एक सय १५ हेक्टर क्षेत्रमा लगाईएको अलैँची र बगान नै क्षति भएको कार्यालयले जनाएको छ।

केन्द्रका अनुसार ४५ लाख ८५ हजार मुल्य बराबरको धान, ५० हजार मुल्य बराबरको उखु, ५० लाख ५७ हजार मुल्य बराबरको मकै बालीमा क्षति भएको छ । जिल्लामा ११ र १२ गतेको बाढीका कारण ३ वटा पक्की पुल बगाएको छ । मेची राजमार्गको हेवाँ खोला र फिदिम फालौट सडक खण्डको फेमेखोला पुल बगाएको छ । ती खोलामा अहिले डाईभर्सन निर्माण गरेर यातायात सञ्चालन भइरहेको छ ।

प्रकाशित: १३ कार्तिक २०८१ १८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App