समाज

आगलागीमा ७ लाखको क्षति

विराटनगर – मोरङको सुनवर्षी नगरपालिकामा शुक्रबार बेलुकी आगलागी हुँदा ७ लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

स्थानीय डाइनिया बस्ने छेदी साहुको दुईतले कच्चीघरमा विद्युत् चुहिएर आगलागी भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ। सो आगलागी स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो।    (रासस)

प्रकाशित: २४ चैत्र २०७४ ०५:१० शनिबार

आगलागीमा लाखको क्षति