समाज

रास्वपा सभापति लामिछाने पोखरामा

काठमाडौंबाट पक्राउ गरेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई सडकमार्ग हुँदै पोखरा लगिएको प्रहरीले जनाएको छ।

लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेको थियो।

रास्वपाका सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधसहित चारवटा आरोपमा अनुसन्धान हुने भएको छ।

सिआइबी र उपत्यका प्रहरी अनुसन्धान कार्यालयले कास्की प्रहरीको आग्रहमा लामिछानेलाई पक्राउ गरेको थियो।

प्रकाशित: ३ कार्तिक २०८१ ०७:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App